काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८विन्दुमा झरेको हो ।
यसदिन ३२२ कम्पनीको ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटा कम्पनीको बाहेक अरु उपसमूहको परिसूचक बढेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड ६८ लाख रुपैयाँको बढीको शेयर किनबेच भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।