add

विज्ञान र वैज्ञानिक अन्तर्राष्ट्रिय सम्मेलन कार्तिकमा गर्ने तयारी






ActPro Nepal

|

१८ जेठ, २०८१

|
310

ललितपुर । तेस्रो संस्करणकाे विज्ञान र वैज्ञानिक अन्तर्राष्ट्रिय सम्मेलन कार्तिकमा गर्नेगरी तयारी सुरु भएको छ । शास्त्रमा भएका बैज्ञानिक पक्षहरुलाई व्यवहारमा उतार्दै समाजमा स्थापित गराउने उद्देश्यका साथ कार्तिक महिनामा दुई दिवसीय सम्मेलन गर्न लागिएको आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्री चैतन्य शारस्वत सभा, काठमाडौंका अध्यक्ष राममणि दास नेपालले जानकारी दिए । 

"विज्ञान र अध्यात्मकाे सम्बन्धका बिषयमा आधारित रहेर २०८१ कार्तिक २४ र २५ गते अर्थात् सन् २०२४ काे नाेभेम्बर ९ र १० मा अन्तर्राष्ट्रियस्तरकाे विज्ञान र वैज्ञानिक सम्मेलन गर्ने तयारीमा छाैं। अक्षरा विद्यालय, काँडाघारी, काठमाडौं सम्मेलनका कार्यक्रमहरु हुनेछन्, भारत, अमेरिका, अस्ट्रेलिया, वेलायत, जर्मनी लगायतका देशहरुबाट वैदिक क्षेत्रमा प्रख्यात व्यक्तित्वहरुकाे सहभागिताका साथै प्रस्तुतिकरण समेत रहनेछ।" उनले भने । 

सम्मेलनकाे तयारीका लागि भएको छलफलका क्रममा संहिताशास्त्री अर्जुन बाँस्तोलाले याे कार्यक्रममा वैदिक वाङ्मयका बिषयमा पनि चर्चा गर्दै विश्वमा शान्ति कायम गर्नकाे लागि वेदमा के अपनाइएको छ भन्ने बिषयमा पनि छलफल र बहस हुने बताए। 

सम्मेलनकाे तयारीका लागि बिहीबार ललितपुरमा भएको तयारी बैठकमा डिएभी स्कुलकी प्रधानाध्यापक डाक्टर भुवनेश्वरी राव, अक्षरा विद्यालय, काँडाघारी, काठमाडौंकी निर्देशक अञ्जु भट्टराई, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर दिपेन्द्र पराजुली लगायत प्रवुद्ध व्यक्तित्वहरुकाे उपस्थिति रहेकाे थियाे । 

उक्त सम्मेलका लागि सम्मेलनका लागि त्रिभुवन विश्वविद्यालय, सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान (सारा)अक्षरा स्कुल, डिएभी स्कुललगायतले समन्वय, सहकार्य र सहजीकरण गर्ने डिएभी स्कुलकी प्रधानाध्यापक डाक्टर भुवनेश्वरी रावले जानकारी गराP । उद्घाटन समारोहमा ५ सय जनालाई सहभागी गराउने लक्ष्य राखिएको सम्मेलनमा ३ सय जना छलफल तथा बहसमा सहभागी हुने उहाँले जानकारी गराए ।

शास्त्रमा भएका बैज्ञानिक पक्षहरुलाई व्यवहारमा उतार्दै समाजमा स्थापित गराउने उद्देश्यका नेपालमा पहिलो पटक २०१५ डिएभी स्कुलमा र दाेस्राे पटक सन् २०१७  अगष्ट १८ र १९ मा नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्मेलन सम्पन्न भएको चैतन्य शारस्वत सभा, काठमाडौंका अध्यक्ष राममणि दास नेपालले जानकारी गराए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.