मधेश प्रदेशमा १० महिनामा कुल बजेटकाे करिब १९ प्रतिशत मात्र खर्च






ActPro Nepal

|

११ जेठ, २०८१

|
83

जनकपुरधाम । मधेश प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा १८.८ प्रतिशतमात्र खर्च भएको छ।

मधेश प्रदेश लेखा नियन्त्रकको कार्यालय जनकपुरधामले मधेश प्रदेश सरकारको कूल बजेट ४४ अर्ब ११ करोड ४० लाख ३२ हजार रुपैयाँमध्ये उक्त अवधिमा १८.८ प्रतिशतमात्र खर्च भएको जनाएको हो। सो अवधिमा चालु खर्च तर्फ २४.६४ प्रतिशत अर्थात चार अर्ब ४६ करोड ७४ लाख ६८ हजार रुपैयाँ तथा पुँजीगत तर्फ १४.४४ प्रतिशत अर्थात् तीन अर्ब ६९ करोड २१ लाख ८० हजार रुपैयाँ बजेट खर्च भएको कार्यालयका लेखा अधिकृत मनोज झाले जानकरी दिए।

मधेश प्रदेशको वर्तमान सरकारमा सम्बन्धित मन्त्रालयमा मन्त्रीको हेरफेर, सचिवलगायत कर्मचारीको अभाव, निमित्तको भरमा मन्त्रालय सञ्चालन हुनु, योजना र बजेट बाँडफाँडलगायत समस्याले लक्ष्यअनुसार विनियोजित बजेट खर्च नभएको उनले बताए।

चालु आर्थिक वर्षको पूर्ण बजेटमध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ५८ लाख तथा पुँजीगत तर्फ २५ अर्ब ५७ करोड ७५ लाख ७४ हजार गरि कुल ४४ अर्ब ११ करोड ४० लाख ३२ हजार बजेट रहेको सो कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा कूल बजेटको ६१ प्रतिशतमात्र खर्च भएको थियो।

आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी रहेकाले यही अवस्थामा योपटक ५० प्रतिशतसमेत बजेट कार्यावन्यन हुन चुनौती रहेको जानकारहरूको भनाइ छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.