add

उद्धव थापालाई आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग






ActPro Nepal

|

६ माघ, २०८१

|
64

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको भत्सर्ना गरेको छ। 

आइतबार विज्ञप्ती सार्वजनिक निकालेर कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको थापामाथि गरेको आक्रमणको घोर निन्दा र भत्सर्ना गर्दै संलग्न व्यक्तिहरुलाई कडा कानूनी कार्बाहीका लागि सरकारसँग माग गरेको हो। 

नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा थापामाथि कन्काई नगरपालिकाको सुरुङ्गा नजिक आक्रमण भएको थियो। उनकाे  निधारमा चाेट लागेकाे छ।

‘नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले हिजो झापामा गरेको आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ। नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उहाँमाथि आक्रमण भएको थियो। उहाँको निधारमा चोट लागेको छ। उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाली कांग्रेस घटनाको यथार्थ छानविन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कडा कानूनी कार्वाहीका लागि सरकारसँग माग गर्दछ,’ विज्ञप्तीमा भनिएकाे छ। =



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.