काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ।
सोमबार नै बस्न लागेको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ।
संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। कार्यसमितिको बैठक बिहान ८:३० बजे र दलको बैठक बिहान ९ बजे बस्ने उनले बताए।
गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकणमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिनको माग गरिरहेको छ। गृहमन्त्रीलक्षित छानबिन समिति बनाउने विषयमा सरकारले चासो नदेखाउँदा कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ।
सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।