काठमाडौं । दल विभाजन र एमाले–माओवादीले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि जनता समाजवादी (जसपा) नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाड्ने तयारी गरेका छन्।
यादवले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर समर्थन फिर्ता लिने जनाउ दिएका थिए। यादवले सोमबारका लागि आकस्मिक रुपमा पार्टीको कार्यकारिणी परिषद बैठक समेत डाकेका छन्।
यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रयोजनका लागि परिषद बैठक डाकेको जनाइएको छ । पार्टी कार्यकारिणी सदस्यहरु काठमाडौैं आउने क्रम जारी छ।
यादव अहिले उपप्रधान तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।