add

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर






ActPro Nepal

|

२७ वैशाख, २०८१

|
133

काठमाडौं ।  अमेरिकी डलरको भाउ पुन: उच्च बिन्दु नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।गएको वैशाख ७ गते प्रतिडलर हालसम्मकै उच्च १३३ रुपैयाँ ९७ पैसा पुगेको अमेरिकी डलरको मूल्य पुन: बढ्दै उच्च बिन्दुनजिक पुगेको छ । 

राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा कायम भएको छ। बुधबार खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको थियो।

त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ। बुधबार खरिद दर १४३ रुपैयाँ ५६ पैसा र बिक्री दर १४४ रुपैयाँ २१ पैसाले कारोबार भएको थियो।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको छ। बुधबार खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको थियो।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ५८ पैसा र बिक्रीदर ८ रूपैयाँ ६१ पैसा रहेको छ ।चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १८ रूपैयाँ ५३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको छ ।त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४३३ रूपैयाँ ४४ पैसा रहेको छ भने बिक्रीदर ४३५ रूपैयाँ ३९ पैसा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.