काठमाडौं । विद्युत् नियमन आयोगमा रिक्त रहेको अध्यक्ष र तीन सदस्य पदमा आवेदन आह्वान भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक सूचना जारी गर्दै विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम रिक्त अध्यक्ष (एक) र तीन सदस्य (एक जना महिलासहित) पदमा नियुक्तिको लागि आवेदन मागेको हो ।
आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मेदवारहरूले आगामी जेठ ९ गतेभित्र ऊर्जा, मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेस गर्न सक्नेछन् । आवेदकले रणनीति तथा कार्ययोजना समेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।