काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ।
सिंहदरबारस्थित दलको कार्यालयमा विहान ८ बजेदेखि बैठक बस्न लागेको सचेतक निशा डाँगीले जानकारी दिइन् । उनका अनुसार बैठकमा मुलतः तीन वटा विषयमा छलफल हुनेछ।
बैठकमा आगामी बजेट अधिवेशन र पार्टीको संसदीय कामकारबाही, इलाम–२ को उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।