add

उपचारमा सहयोगको याचना गर्दै मिर्गौलापीडित पत्रकार पिबी दियाली






ActPro Nepal

|

२३ वैशाख, २०८१

|
296

काठमाडौं । वै मिर्गौला फेल भएपछि सुनसरी इटहरीका पत्रकार पिबी दियाली काठमाडौंको वीर अस्पतालमा उपचार गरिरहेका छन्। नियमित डायलाइसिस गर्नुपर्ने भएपछि उनलाई आर्थिक समस्याले सताएको छ। घरखेत बेचेर उपचार गराइरहेका दियालीले सहयोगको याचना गरेका छन्। 

उपचारका लागि सरकार, सामाजिक संघ–संस्था र दाताहरूसँग सहयोगका लागि याचना गरेपनि त्यो प्रभावकारी नभएको उनको गुनासो छ। पत्रकार दियालीले पत्रकार महासंघले सहयोग संकलनका लागि अभियान संचालन गरिदिन माग गरेका छन्। अन्य संघसंस्थालाई पनि सहयोग अभियान संचालन गरिदिन आग्रह गरेका छन्। 

शनिबार इटहरीका सक्रिय पत्रकार एवम् प्रदेशखबर डटकमका सम्पादक पवन अधिकारीले दियालीलाई भेटेर १५ हजार नगद हस्तान्तरण गरेका छन्। इटहरीमा बसेर २९ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार दियालीले आफ्नो दुवै मिर्गौला खराब भएको र उपचारका लागि आफूसँग आर्थिक अवस्था कमजोर बनेकाले बाध्य भएर सहयोगको याचना गर्नुपरेको बताए।

दियालीका अनुसार मिर्गौला फेर्नका लागि मृगौलादाता जुटेपनि दाता र विरामी दुवैको खर्च जुटाउन झनै कठिन भएको छ। मिर्गौला फेरेर स्वस्थ्य रहन लगभग ६० लाखमाथि खर्च हुने अनुमान छ।  ४६ वर्षीय पत्रकार दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादक हुन्। उनले लामो समय धरानबाट प्रकाशित ब्लाष्ट दैनिकमा पत्रकारिता गरेका थिए।

उनले इटहरीमा गणराज्य दैनिक पनि प्रकाशन गरेका थिए। पत्रकार दियालीकाअनुसार उनी सङ्कटकालको समयमा तीन महिना हिरासतमा परेका थिए। उनलाई  ३ सय ३५ दिन नजरबन्दमा पनि राखिएको थियो। पत्रकार दियाली हाल नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजक छन्। उनी नेपाल दलित पत्रकार संघ र समाजवादी प्रेस सङ्गठनको केन्द्रीय सदस्य हुन्। उनले सम्पत्तिका नाममा आफूसँग इटहरीमा सानो घर पनि बेचेर उपचारमै खर्च गरिरहेको सुनाए।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.