add

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, नगद घट्यो






ActPro Nepal

|

२३ वैशाख, २०८१

|
91

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट प्रस्तावित लाभांश संशोधन भएको छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनी संचालक समितिको वैशाख १९ गते बसेको बैठकले लाभांश संशोधन गरेको हो ।

कम्पनीले यसअघि प्रस्तावित बोनस सेयरलाई यथावत राख्दै नगद लाभांश घटाएको हो । संशोधित लाभांश अनुसार अब सेयरधनीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश पाउने छन् ।

यसअघि इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर र करसहित ९.५० प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश घोषणा गरेको थियो ।

बीमा प्राधिकरणले हाललाई कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.