add

अहिलेको अवस्थामा काेसीका मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ : उद्धव थापा






ActPro Nepal

|

३० चैत, २०८०

|
97

काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले अहिलको अवस्थामा मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नु उपयुक्त हुने बताएका छन्।

बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले कोशीमा मध्यावधिको अवस्था आउन नदिन अल्पमतमा परिसकेपछि मार्गप्रशस्त गर्न उपयुक्त हुने बताएका हुन्। सभापति थापाले सरकार चलाउन आफुसंग जतिबेला पनि बहुमत हुनुपर्ने संसदीय मूल्य मान्यतालाई पन्छाउन नमिल्ने धारणा व्यक्त गरे।

उनले प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाईसकेको अवस्थामा अधिवेशन फेस गर्नुको विकल्प नभएको र स्पष्ट रुपमा अल्पमतमा परेपछि मार्गप्रशस्त गरेर सरकारविहीनताको अवस्था हटाउन आग्रह गरे। सभापति थापाले कोशी प्रदेशमा मध्यावधी निर्वाचनको अवस्था आउन नदिन र पटक पटकको सरकार परिवर्तन रोक्न सहमतिय सरकार आवश्यक रहेको बताए।

त्यस्तै उनले मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा भईरहेको राजनैतिक घटनाक्रम बारे पार्टीलाई लिखित रुपमा जानकारी समेत नगराएको बताए। उनले मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि नलिने र अल्पमतमा परेपछि राजीनामा पनि नदिने भन्ने विषयमा चाडै नै पार्टीको बैठक र संसदीय दलको बैठक बसेर निर्णय गरिने जानकारी दिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.