add

बराहक्षेत्रमा महाकुम्भ मेला सुरु






ActPro Nepal

|

२८ चैत, २०८०

|
293

काठमाडौं । हिन्दु शास्त्रीय मान्यता अनुसार समुद्र मन्थनपछि निस्किएको अमृतको छालीबाट स्थापना भएको 'पिण्ड' स्थापना गरिएको बराहक्षेत्रमा १२ वर्षे महाकुम्भ मेला सुरु भएको छ । मंगलबार रास्ट्रपति रामचन्द्र पौडेलले प्रत्येक १२ वर्षमा लाग्ने पूर्ण महाकुम्भ मेलाको उद्घाटन गरेका हुन् ।

समाराेहमा राष्ट्रपति पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिए । उनले निमुखा जनताको निर्बाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसात् गर्न आग्रह पनि गरे ।

उनले कुम्भ प्रारम्भ भएको आजको यो पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई सत्पे्ररणा मिलोस् भन्ने कामना गरे ।

राष्ट्रपति पौडेलले स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्यलाई साकार रूप दिन आवश्यक भएको पनि बताए ।

उनले स्कन्दपुराणको हिमाद्रि खण्डको अध्ययनपश्चात् अमृतका थोपा मात्र झरेका ठाउँमा मित्रराष्ट्र भारतका चार स्थानहरू प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा कुम्भमेला लागिरहेको सन्दर्भमा नेपालमा अमृतको तर बटारेर पिण्ड नै राखेको ठाउँमा कुम्भमेला लगाउनु झन् युक्तिसङ्गत हुन्छ भन्ने शास्त्रार्थ गरेर शङ्काराचार्य, जगद्गुरु, धर्माचार्य एवं विशिष्ट सन्त, महन्तसमेतलाई सहभागी गराई नेपालको कुम्भलाई विश्वकै कुम्भका रूपमा स्थापित गराउन गरेको प्रयासका लागि जगत्गुरुको प्रशंसा पनि गरे ।

कुम्भमेलाका संस्थापक तथा नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले शास्त्रहरूमा चतरामा कुम्भमेला लगाउने प्रशस्त आधार भेटिएकाले यहाँ कुम्भमेला लगाउन सुरु गरिएको बताए । उनले कुम्भमेलामा सहभागी बन्न सबै नेपालीमा आह्वान गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.