add

ह्विलचियर बास्केटबल मंगलबारदेखि, प्रतियोगितामा १३ टोली सहभागी






ActPro Nepal

|

२७ चैत, २०८०

|
237

काठमाडौं । दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोलीले सहभागिता जनाउने भएका छन्।

नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाको कबर्ड हलमा मंगलबार र बुधबार प्रतियोगिता हुँदै छ। संघका अध्यक्ष देवी आचर्याका अनुसार दुई दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफसहित जावलाखेल ह्विलचियर स्पोट्स क्लब, विइन, ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए), इस्पाइनल कट इन्ज्युरी नेट्वर्क नेपाल, बीआईए र आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरीले सहभागिता जनाउने छन्।

यी ८ क्लबका ६ महिला र ८ पुरूष गरी १३ वटा टोली बनाएको आचर्याले जानकारी दिइन्। प्रतियोगिताको विजेताले ५० हजार र उपविजेता टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, तेस्रो हुने टोलीले ३० हजार र प्रतियोगिताभर दुवै टोलीको हाइ स्कोरले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, मोस्ट भ्यालुयबल प्लेअरलाई २५ हजार रुपैयाँ दिने उनले बताइन्।

प्रतियोगितामा भाग लिने सबै खेलाडीहरूलाई जर्सीको व्यवस्थासहित प्रतिदिन एक हजारका दरले यातायात खर्च र प्रतियोगिता सञ्चालनभरि खानाखाजाको समेत उपलब्ध गराइएको आचर्याले जानकारी दिइन्।

यस प्रतियोगितामा सम्पन्न गर्न १९ लाख १२ हजार ५०० रुपैयाँ लाग्ने संघले जनाएको छ। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले गर्ने छन्।

यस्तै, प्रतियोगिताको समापन भने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले गर्ने संघले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.