add

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त






ActPro Nepal

|

२६ चैत, २०८०

|
137

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सका चिफ मार्केटि∙ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन्। कम्पनीका सञ्चालक समितिको १८८ औं बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो।

बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चौलागाई कम्पनीको चिफ मार्केटि∙ अफिसरको रुपमा नियुक्त भएका छन्। यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख व्यापार अधिकृत रहेका चौलागाई आईएमई लाइफको चिफ मार्केटि∙ अफिसर बनेका छन्।

पछिल्लो समय व्यापार विस्तारमा आक्रामक बनेको आईएमई लाइफले बजारमा थप आक्रामक रुपमा प्रश्तुत हुने लक्ष्य लिएको छ ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्समा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्समा प्रदेश प्रमुख, शाखा प्रमुखको रुपमा काम गरेको अनुभव हासिल गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.