काठमाडौं । सुनको भाउ थप महँगिएको छ । छापावाला सुनको भाउ आज एकैदिन १ हजार ८०० रुपैयाँले बढेको छ ।बुधवारका लागि छापावाला सुनको भाउ १ लाख ३३ हजार रुपैयाँ तोकिएको छ । जुन, हालसम्मकै उच्च हो ।
अघिल्लो दिन भने नेपाली बजारमा १ लाख ३१ हजार २०० रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो । यस्तै, आजका लागि तेजावी सुनको भाउ १ लाख ३२ हजार ३५० रुपैयाँ तोकिएको छ ।
यस्तै, साताको चौंथो कारोबार दिन चाँदीको भाउ पनि बढेको छ । आज प्रतितोला ६५ रुपैयाँले बढेर १ हजार ६१० रुपैयाँ कायम भएको छ । मंगलबार भने १ हजार ५४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।