add

निर्धक्क परीक्षा दिन कांग्रेसको शिक्षा शाखाको आग्रह






ActPro Nepal

|

१५ चैत, २०८०

|
45

काभ्रे । नेपाली कांग्रेस काभ्रेको शिक्षा शाखाले बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षामा सहभागी विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षा दिन आग्रह गरेको छ।

शाखा प्रमुख एवं जिल्ला सदस्य दिपेन्द्र पौडेलले बुधबार विज्ञप्ति मार्फत विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामनासमेत गरेका छन्।

उनले विज्ञप्तिमार्फत अनुगमन र अवलोकनको नाममा परिक्षार्थीहरुलाई अनावश्यक रुपमा असहज हुने मानसिक तनाव दिने तवरबाट परिक्षा केन्द्रमा प्रवेश गर्ने कार्य नगरिदिनुहुन सम्बन्धित सबैमा गम्भिर ध्यानाकर्षण पनि गराएका छन्।

‘परीक्षा केन्द्रमा खटिनुहुने सम्पूर्ण शिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीहरुले परीक्षा मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन आ–आफ्नो भुमिका निर्वाह गर्नुहुनेछ भन्ने पुर्ण विश्वास लिएको छु,’ विज्ञप्तिमा भनिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.