add

नेपाल ए र आयरल्याण्ड ए बीचको टी–२० शृङ्खला आजदेखि






ActPro Nepal

|

१५ चैत, २०८०

|
192

काठमाडौ ।   नेपाल भ्रमणमा रहेको आयरल्याण्डको ए टोली र नेपालको ए टोलीबीचको मैत्रीपूर्ण टी– २० क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । आयरल्याण्ड ए टोलीलाई आयरल्याण्ड उल्भ्स नाम दिइएको छ ।

नेपाल ए को कप्तानी बिनोद भण्डारीले गर्नेछन् । नेपाली टोलीमा भण्डारीसहित लोकेश बम, देब खनाल, पवन सराफ, किरण थगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कम सिहं ऐरी, हेमन्त धामी र विकाश आग्री रहेका छन् ।

नेपाल ए  र आयरल्याण्ड ए बीचको दोस्रो टी–२० भोलि र तेस्रो खेल आउँदो आईतवार हुनेछ ।

यस्तै चैत २१, २३ र २५ गते एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्याण्ड उल्भबीचको खेल नेपालले २–० ले जितेको थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.