add

प्राधिकरणले नेपाल एयरलाइन्सलाई सोध्यो २७ बुँदे स्पष्टीकरण






ActPro Nepal

|

१४ चैत, २०८०

|
51

काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र त्यसका उत्तरदायी प्रमुख युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ । युरोपेली युनियन (ईयू) को अडिट र प्राधिकरणले विभिन्न समयमा गरेको अडिटबाट देखिएका कैफियत हटाउन निगमले के कस्तो काम गरिरहेको छ भन्नेबारे स्पष्टीकरण सोधिएको प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।

‘सात दिनको समय राखेर स्पष्टीकरण सोधेका छौं,’ उनले भने, ‘चित्तबुझ्दो जवाफ नआए कानुन अनुसार कारबाही हुन्छ ।’ निगमका तीन विभागमा रिक्त जनशक्ति नियुक्त नभएको, जहाजहरू लामो समय ‘ग्राउन्डेड’ हुने गरेको र उडान सुरक्षामा देखिएका कमजोरीलाई स्पष्टीकरणमा समावेश गरिएको छ ।

प्राधिकरणले ‘कन्टिनुइङ एयरवर्दिनेस’ र ‘मेन्टिनेन्स म्यानेजर’ पद लामो समयसम्म खाली राखिएको बारे प्रश्न गरेको छ । जहाजहरूमा तोकिएको समयमा अनिवार्य गर्नुपर्ने मर्मत किन नगरिएको र यस्तो घटना किन बारम्बार दोहोरिने भनी प्रश्न पनि सोधेको छ ।

निगमको मेन्टिनेन्स संगठन कमजोर देखिएको तथा ए३२० जहाज लामो समयसम्म ग्राउन्डेड हुँदा विश्वसनीयता गुमेको बारे समेत प्राधिकरणले प्रश्न गरेको छ । इन्जिन प्राप्त गर्ने उचित योजना विना नै जहाज इजरायलमा राखिएको बारे समेत स्पष्टीकरण सोधिएको छ ।

ए३२० जहाजको इन्जिन पटक–पटक बिग्रिने र समयमै इन्जिन प्राप्तिको योजना बनाउन नसकेको बारेसमेत प्राधिकरणले प्रश्न उठाएको छ ।

पाँच वर्षदेखि ट्विनअटर जहाज ‘९एन–एबीएक्स’ मर्मत नगरी थन्क्याइएको बारे समेत स्पष्टीकरण सोधिएको छ । ट्विनअटर जहाजमा भीएचएफ जडान नगरिएको र लेखा परीक्षणबाट देखिएका कमजोरी सुधारको कार्ययोजना पेस गर्न नसकेको विषय समेत समेटिएको छ ।

त्यस्तै अव्यवस्थित ह्यांगर व्यवस्थापन र जिम्मेवार पदाधिकारीहरू जहाजका पार्टपूर्जा र उपकरण खरिदमा केन्द्रित तर आफ्नो दायित्व तथा कर्तव्य पालनामा ध्यान दिन नसकेको विषय समेत प्राधिकरणले उठाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.