add

विश्वविद्यालयले दक्षजनशक्ति उत्पादन गर्न सकेनन् : पर्यटन मन्त्री






ActPro Nepal

|

१४ चैत, २०८०

|
260

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटन व्यवस्थापन प्रतिष्ठानको विकासको लागि कानूनी अवरोध विस्तारै हटाउने बताएका छन्।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको ५१औं वार्षिकोत्सव समारोहमा उनले गठन आदेशबाट स्थापना भएको संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन नसकेको उल्लेख गर्दै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले अगाडि बढिरहेको बताए।

‘एउटा गठन आदेशबाट स्थापना भएको यो संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन सकेका छैनांै। त्यसतर्फ पनि ध्यान दिई रहेका छौं र छिटै नै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले पहल गर्नुपर्छ भन्ने हिसाबले अगाडि बढिरहेका छांै,’ उनले भने, ‘यो संस्थाको गरिमा बढाउने कुरा मात्रै होईन, अगाडि बढ्नको लागि कानूनी अवरोध जुन खडा भएको छ, त्यो बाटो पनि विस्तारै खोलिने छ।’

उनले पर्यटन क्षेत्रले नेतृत्व तहमा महशुस गरेको अभावलाई पूरा गर्ने हिसाबले अगाडि बढ्ने भन्दै पर्यटन क्षेत्रको विकास मात्रै नभई अर्थतन्त्रमा प्रभावकारी योगदान पु¥याउने अपेक्षा राखेको पनि बताए।

विश्वविद्यालयहरुले अपेक्षित जनशक्ति उत्पादन गर्न नसकेको अवस्थामा यो प्रतिष्ठानले ठूलो ठूलो मुलुकमा समेत प्रतिस्पिर्धीको रुपमा थोरै भएपनि जनशक्ति उत्पादन गर्न सफल भएको पनि उनको भनाई छ।

उनले भने, ‘अहिले हाम्रो विद्यालय, विश्वविद्यालयहरु जति छन्, त्यसबाट हामीले अपेक्षित जनशक्ति उत्पादन गर्न सकिरहेका छैनौं । उत्पादित्त जनशक्तिहरुले रोजगार प्राप्त गर्न सकिरहेका छैनन्, नेपालमा हामीले जसरी लगानी आकर्षण गर्न, उद्योग, व्यवसायलाई प्रोत्साहन गर्न सक्नु पर्ने थियो । त्यो काम गर्न नसक्नाका कारणले गर्दा हामीले रोजगार पनि सिर्जना गर्न सकिरहेका छैनौं।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.