काठमाडौं । आयरल्याण्ड ‘ए’ लाई नेपालले ६ विकेटले हराएकाे छ ।
टी-यू क्रिकेट मैदानमा १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो।
नेपालको जितमा कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरे । आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एक/एक विकेट लिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।