add

अमृत साइन्स क्याम्पसमा लक्ष्मी सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न






ActPro Nepal

|

१२ चैत, २०८०

|
51

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ग्लोबल मनी विकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले ग्लोबल मनी विकको ‘प्रोटेक्ट योअर मनी, सेभ योअर फ्युचर’ नाराका साथ काठमाडौं लैनचौर स्थित अमृत साइन्स क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र व्यवहारको बारेमा प्रशिक्षण दिइएकोे थियो ।

बैंकका हेडफ रिकभरी एण्ड एसेट्स म्यानेजम्यान्टका दीपक पण्डित, हेडफ रिकभरीका रजित पौडेल, अधिकृतद्धय समिर मान सँगत र टेक विष्टले कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न विषयमा छलफल गराएका थिए ।

विद्यार्थीहरुलाई बचत, बजेटिङ, कर्जा, डिजटिल बैंकिङ, साइबर ठगी र वित्तीय फ्रडविरुद्ध प्रशिक्षण दिएका हुन् । पण्डितले लक्ष्मी सनराइज बैंक देशभर वित्तीय साक्षरता बढाउने प्रतिबद्धतामा अडिग रहेको बताए ।

उनले लक्ष्मी सनराइज बैंकले सुलभ वित्तीय सेवा प्रदान गर्नुका साथै आर्थिक समावेशीकण र सशक्तिकरणमा जोड दिएको स्पष्ट पारे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.