add

पोखरामा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम






ActPro Nepal

|

१२ चैत, २०८०

|
104

काठमाडौं । कामना सेवा विकास बैंकको गण्डकी प्रदेशद्घारा ग्लोबल मनी वीक २०२४ को उपलक्ष्यमा गैर सरकारी संघका प्रमुख तथा प्रतिनिधिहरुलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरामा सम्पन्न कार्यक्रममा गैर सरकारी संघका प्रमुख तथा प्रतिनिधि गरी ५५ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, पोखरा शाखाका उप–निर्देशक सुदिप त्रिपाठीले विश्व वित्तीय सप्ताहको उद्देश्य र वित्तीय साक्षरताको महत्वको बारेमा प्रकाश पारेका थिए । सोही अवसरमा जिल्ला प्रहरी कार्यलयका डि.एस.पी. श्रवन बि.क ले साइबर सुरक्षा, अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा सहजीकरण गर्नु भएको थियो ।

यस्तै, वित्तीय साक्षरता कार्यक्रम कामना सेवा विकास बैंक, गण्डकी प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद गौतमले बचतको महत्व र कर्जाको सदुपयोग लगायतका विषयमा प्रकाश पारेका थिए ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.