काठमाडौँ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन्।
स्वास्थ्य अवस्थाका कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने गरी काठमाडौं जिल्ला अदालतले आदेश दिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो।
सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका महरालाई अदालतले ४ दिन थुनामा राखेर अनुसन्धन गर्न अनुमति दिएको थियो।
महरालाई नर्भिकको इमर्जेन्सी वार्डमा राखिएको बताइएको छ। चिकित्सकहरुले उनको परीक्षण गरिरहेका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।