add

विभाजित एनआरएनएलाई मिलाउन पहल गर्छु : परराष्ट्रमन्त्री श्रेष्ठ






ActPro Nepal

|

५ चैत, २०८०

|
328

काठमाडौं । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभाजित एनआरएनएलाई मिलाउन पहल गर्ने बताएका छन् । उनले एनआरएनए एकजुट नहुँदासम्म लक्ष्य पूरा हुन नसक्ने भन्दै सोहीअनुसार गम्भीर हुन समेत आग्रह गरे । 

आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का एकपक्षका अध्यक्ष राजेन्द्र कुमार शर्मासहित पदाधिकारीहरुसँगको भेटमा पराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । काठमाडौं महाधिवेशनबाट शर्मा अध्यक्ष निर्वाचित भएपनि त्यो महाधिवेशन नै विवादित छ । त्यसबारे छानविन गर्न बनेको समितिले रिपोर्ट समेत सरकारलाई दिइसकेको छ । 

अध्यक्ष शर्मासहितको टोलीले आफूहरु महाधिवेशनबाट निर्वाचित भएपनि विवादित बनाइएको भन्दै सरकारले न्याय दिनुपर्ने माग गरेका थियो । उनीहरूले रसियामा अलपत्र परेका नेपालीलाई उद्धार गर्न आग्रह गरेका छन् भने मध्यपूर्व र विश्भरका गैरआवासीय नेपालीको मुद्दामा मन्त्रालयकोतर्फबाट पहलकदमी लिइदिन समेत अनुरोध गरेका छन् । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.