add

सीआईबीको हिरासतबाट छुटे १० जना बैंकर, सकियो अनुसन्धान






ActPro Nepal

|

२ चैत, २०८०

|
251

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को थुनामा रहेका १० जना बैंकर १७ दिनपछि बिहीबार साँझबाट थुना मुक्त भएक छन् ।

सीआईबीले थुनामा रहेका बैंकरका परिवार र बैंकका प्रतिनिधिको रोहबरमा हाजिरी जमानीमा सबैलाई थुनामुक्त गरिएको बताइएको छ । थुनामा रहेका १० जनालाई नै प्रारम्भिक अनुसन्धान सकेर १७ दिनपछि हारिजी जमानीमा थुनामुक्त गरेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

‘१० जनालाई नै आजदेखि उहाँहरुको परिवार र बैंकका प्रतिनिधिको रोहबरमा दैनिक हाजिर जमानीमा छोडिएको छ’, बोगटीले भने, ‘अहिले हामीले पहिलो चरणको प्रारम्भिक अनुसन्धान सकेका छौं । अहिले राष्ट्र बैंकको विज्ञ समूहसहित अनुसन्धान जारी छ । उहाँहरुले हिरासत बाहिर रहेर पनि प्रहरीको अनुसन्धानलाई सहयोग गर्ने लागेर छोड्न लागेको हो ।’

अनुसन्धान अझै केही साता लम्बिने देखिएको छ । आज थुनामुक्त भएका १० जना नै भोलीबाट दैनिक बिहान १० बजे सिआईबीमा जाने र साँझ ५ बजे घर फर्कने छन् । त्यो अवधिमा सबै जनाले अनुसन्धानलाई सहयोग गर्नुपर्ने छ । अनुसन्धान लामो समय जाने देखिएपछि सरकारी वकिलको राय र अनुसन्धान अधिकृतको तजबिजीमा छोडिएको हो ।

धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीईओ तथा पूर्वसीईओसहितका १० जनालाई फागुन २९ गते थप पाँच दिन हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुमति पाएको छ ।

फागुन १५ गते उनीहरु पक्राउ परेका थिए ।

धितोको मूल्यांकनभन्दा अधिक ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ कर्जा प्रवाह भएको प्रकरणमा मनोज न्यौपाने, तुलसी गौतम, राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ,अनुपमा श्रेष्ठ मान्नधर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाइ सीआईबीले हिरासतम लिएको थियो ।

तत्कालीन सेञ्चुरी कमर्शियल बैंकबाट कर्जा लिने रबिन्द्र चौलागाई र उनी आवद्ध कम्पनीहरु पूजा ट्रेडिङ्ग एण्ड मार्केटिङ्ग कम्पनी प्रालि, थ्री ब्रदर्स मार्केटिङ्ग प्रालि, पूजा मार्केटिङ्ग प्रालिर अन्नपूर्ण डिष्टिलरी प्रालि समेतलाई कर्जा प्रवाह गर्दा धितो स्वरुप बैंकमा कर्जा सुरक्षण बापत १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोको मूल्यांकन गरिएको ब्यूरोले जनाएको छ । उक्त धितोवापत २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको ब्यूरोले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.