add

ट्राफिक प्रहरीले सुरु गर्‍यो यात्रु मैत्री अभियानको सञ्चालन






ActPro Nepal

|

३० फागुन, २०८०

|
102

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रु मैत्री अभियान सञ्चालनमा ल्याएको छ । कार्यालयले बुधबारदेखि यात्रुहरुको सुरक्षित, बिना झन्झट, नठगिने अवस्थाको सिर्जना गर्न उक्त अभियान सञ्चालनमा ल्याएको हो । 

यात्रुबाहक सार्वजनिक सवारी साधनमा भाडादर राखेको छ छैन ? ज्येष्ठ नागरिक, महिला तथा फरक क्षमता भएका व्यक्तिहरुका लागि आरक्षित सिट पालना भएको छ छैन ? सवारीमा यात्रा गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई हुने दुर्व्यवहार , त्यस्तै भाडाका सवारी साधनले बढी भाडा लिई ठगेको, यात्रुले भनेको स्थानमा जान नमानेको, अनाधिकृत राईड सेयर गरेको विषयमा अनुगमन गरेर कार्यान्वयन गरेको नपाइएमा आवश्यक कारबाही गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए। 

बुधबारदेखि आगामी चैत्र १४ गतेसम्म सञ्चालन गरिने यो अभियानमा प्रहरी निरीक्षकको नेतृत्वमा ४० जना प्रहरी कर्मचारीहरु सादा पोसाकमा खटिने र आवश्यकता अनुसार स्थानीय प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयहरुबाट समेत थप जनशक्ति परिचालन गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

बुधबार भएको अनुगमनका क्रममा सवारी साधनमा भाडा दर नराख्ने २१७, आरक्षण सिट कार्यान्वयन नगर्ने ३५, यात्रु लिन इन्कार गर्ने ४३, लापरबाही तरिकाले सवारी चलाउने तथा यात्रीलाई हैरानी दिने ६ र बढी भाडा लिने २ गरी जम्मा ३०३ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.