काठमाडौँ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये काठमाडौँको गोंगबु शाखालाई स्थानान्तरण गरेको छ ।
जसअनुसार बैंकले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित हात्तीगौंडाबाट विभिन्न बैंकिङ्क सेवा विस्तार गरेको छ । फागुण २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरुको उपिस्थतिमा गरे ।
यसै गरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं। १७ नवलपरमा स्थानान्तरण गरी सेवा सुचारु गरिएको बैंकले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।