काठमाडौं । अधिकांश मानिसहरु शिवरात्रीको दिन भगवान शिवको आराधना गर्छन् तर धेरैलाई यो थाहा नहुनसक्छ त्यसदिन शिवको आराधना किन गरिन्छ ? धेरैको बुझाइ एकै नहुनसक्छ । कोहि भगवान शिवलाई खुशी पारी वरदान लिनका लागि त कोहि अरुले गरेको देखेर पनि गर्छन् । तर यसको मुख्य कारण भने अर्कै छ।
पूर्णिमाको अघिल्लो दिन सबैभन्दा अँध्यारो रात हुन्छ । जसलाई शिवरात्रीको नाम दिइन्छ । वर्षमा १२ देखि १३ वटासम्म शिवरात्री हुन्छ । तर फागुन महिनामा आउने शिवरात्रीलाई महाशिवरात्री भनिन्छ ।
त्यस रात कोहि पनि सुत्नु हुँदैन भन्ने प्रचलन रहिआएको पाइन्छ । महाशिवरात्रीको अँध्यारो रातमा ग्रहको स्थिति यस्तो हुन्छ कि जहाँ मानव प्रणालीमा एक शक्तिशाली उर्जा प्राप्त हुन्छ । सो दिन रातभर ऊर्ध्वाधर स्थितिमा जागा बसेमा शारीरिक र आध्यात्मिक भलाइका लागि लाभदायक हुन्छ ।
यसकारण योग परम्पराका अनुसार महाशिवरात्रीको रात कुनैपनि मानिस सुत्नु हुँदैन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।