add

‘मुन्द्रेको कमेडी क्लब’ बन्द






ActPro Nepal

|

२३ फागुन, २०८०

|
124

काठमाडौँ । कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द भएको छ । सो कार्यक्रम एक्कासी बन्द गर्नु परेको उनले जानकारी दिएका छन् ।

मुन्द्रेले तीन सिजनमा १८४ भाग प्रशारण भएर सो कार्यक्रम बन्दा गरेका हुन् । अर्को कार्यक्रमको ल्याउनका लागि उक्त शो रोकेको मुन्द्रेले खबरहबसँगको कुराकानीमा बताए । उनले भने, ‘यो सामान्य कुरा हो । हामी आफैँले विश्राम लिएका हौं ।’

यद्यपि उनले फेसबुकमा राखेको स्ट्याटसले भने कार्यक्रम नै बन्द गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको बुझ्न सकिन्छ । उनले कार्यक्रम एक्कासी बन्द गर्नु परेको कारण समय आएपछि मात्रै बोल्ने भनेका छन् ।

उनले लेखेका छन्, ‘एक्कासी बन्द गर्न पर्ने केही कारण चाहिँ भनेको छैन । अहिले पनि भनिनँ, समय आएपछि भनौंला ।’

सो कार्यक्रमले सुरुवातदेखि नै दर्शकबाट अपेक्षित साथ पाउन सकेको थिएन । यस कार्यक्रमको तीन सिजनमा तीन जना अध्यक्ष फेरिएका थिए ।

पहिलो सिजनमा दीपाश्री निरौलालाई अध्यक्षबाट हटाएपछि छक्का पञ्जा टिमसँग जितुको सम्बन्ध चिसिएको थियो । त्यसपछि अध्यक्षको भूमिकामा नायिका करिश्मा मानन्धर देखिएकी थिइन् । पछिल्लो समय अध्यक्षको जिम्मेवारीमा नायिका प्रियंका कार्की थिइन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.