काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा नेदरल्यान्ड्स विजयी भएको छ । नेपाललाई ३ बल बाँकी छँदा ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले सिरिजको उपाधी जितेको हो ।
नेदरल्यान्ड्सलाई फाइनल खेल जिताउन माइकल लेविटले अर्धशतकीय इनिङ खेल्दै ५४ रन बनाए भने साइब्रान्ड एन्गलब्रेक्टले ४८ रनको योगदान दिए । यसैगरी, विक्रमजीत सिंह, म्याक्स ओदाउद र भान देर गुतेनले क्रमशः २९, २२ र २१ रन बनाए ।
नेपालका लागि कुशल मल्लले ३ ओभरमा केबल ११ रन दिँदै ४ विकेट लिएपनि जीतका लागि पर्याप्त हुन सकेन । दीपेन्द्रसिंह ऐरी र अबिनाश बोहराले पनि समान १–१ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।