काठमाडौँ । नेपाली कांग्रेसले मंगलबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे बुढानीलकण्ठमा बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन भत्काएर नयाँ गठबन्धन गठन गरेपछि त्यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ।
बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारदेखि नयाँ गठबन्धन बनाएपछि कांग्रेस सहितको गठबन्धन टुटेको छ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादीको नयाँ गठबन्धन बनेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।