add

एमाले सचिवालय बैठक सकियो, यस्तो छ निर्णय






ActPro Nepal

|

२१ फागुन, २०८०

|
277

भक्तपुर । नेकपा (एमाले) ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न तयार रहेको निष्कर्ष निकालेको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज  आकस्मिक रुपमा बसेको पार्टीको सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै एमाले नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाउन तयार भए एमाले नयाँ ढंगले अघि बढ्न तयार रहेको बैठकले निष्कर्ष निकालेको बताए ।

उनले भने, “सत्ता गठबन्धन सङ्कटमा परेको देखियो, प्रधानमन्त्री के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो, उहाँमाथि भर पर्छ । गठबन्धन टुटाउन उहाँ तयार हुनुभयो भने हामी नयाँ ढङ्गले छलफल गर्न तयार छौँ ।”

प्रधानमन्त्रीसँग नयाँ ढङ्गले छलफल गर्न सकिने बैठकले निर्णय गरेको उनले जानकारी दिए । यसैबीच एमाले बैठक सम्पन्न भएलगत्तै बालकोटमा एमाले अध्यक्ष ओली र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच छलफल भइरहेको छ ।

अध्यक्ष ओलीसँग छलफल गर्न राउत बालकोट पुगेका छन् । अध्यक्ष ओली र राउतबीच वर्तमान राजनीतिक घटनाक्रमका बारेमा छलफल जारी रहेको अध्यक्ष ओलीका प्रेस संयोजक रामकृष्ण बजगाईले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.