काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सकिएको छ ।
समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले बैठकलाई जानकारी गराएका थिए ।
यस्तै पार्टीको निर्णय गर्ने अधिकार सभापति रविलाई दिइएको सचिवालयका एक पदाधिकारीले बताए ।
उनले भने, ‘समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराउनु भयो र त्यसका बारेमा छलफल गरियो । बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गर्यो ।’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।