add

शालिनको बलात्कार पुष्टि भएन, झुण्डिएर मृत्यु भएको पोष्टमार्टम रिपोर्ट






ActPro Nepal

|

२० फागुन, २०८०

|
227

काठमाडौं ।  चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेलको मृत्यु ह्याङगिङ (झुण्डिएर) भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टमले उक्त कुरा खुलाएको हो। आइतबार पोस्टमार्टम रिपोर्ट आएपछि बालिका शालिनको मृत्यु ह्याङगिङका कारण भएको खुलेको हो। यसअघि बालिकाका आफन्तले शालिनलाई बलात्कारपछि हत्या गरेको आरोप लगाएका थिए।

तर पोस्टमार्टम रिपोर्टमा भने बलात्कार पनि देखिएन। शालिनको कन्याजाली नच्यातिएको देखिएकाले बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट आएको एक चिकित्सकले नेपाल लाइभलाई जानकारी दिए। त्रिवि शिक्षण अस्पतालका डाक्टर गोपाल चौधरीको टिमले पोस्टमार्टम गरेको थियो। घटनास्थलमा सुसाइड नोट समेत फेला परेको थियो।

कक्षा ८ मा अध्ययनरत शालिन गत फागुन १२ गते बोर्डिङको होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। शालिन मृत भेटिएपछि बालात्कारपछि हत्या भएको भन्दै आफन्तले प्रहरीमा किटानी जाहेरीसमेत दिएका थिए।

त्यसपछि चितवन प्रहरीले बोर्डिङका प्राधानाध्यापक बालहरि देवकोटा, सहप्राधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.