जनकपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका छन् ।
शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले वर्तमान सरकार पूर्ण रुपमा असक्षम र असफल देखिएको भन्दै गठबन्धन सरकारको कारण व्यवस्था प्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका हुन् ।
उनले सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताए । देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको प्रश्न यतिबेला इतिहासकै कमजोर भएको पोखरेलले बताए ।
उनले अभियोग लागेका व्यक्तिहरु झण्डा हल्लाउदै अख्तियारमा धाउने गरेको भन्दै विभिन्न प्रकरणमा संलग्न मन्त्रीहरुलाई प्रधानमन्त्रीले हटाउन नसकेको तर्क गरे ।
सुशासनको कुरा गर्ने सरकार भ्रष्टाचारका फाइल खोल्दा आफ्ना मान्छेका अनुहार देखिएपछि पछाडि फर्कने गरेको पोखरेलले बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।