add

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै






ActPro Nepal

|

१६ फागुन, २०८०

|
260

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बुधबार बस्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी छ।

मंगलबार बिहान बसेको बैठकबाट ठोस निष्कर्ष नआएपछि आज पुनः बस्न लागेको हो। बैठकमा विशेषगरी राष्ट्रिय सभा अध्यक्ष माओवादीले छोड्न नहुने अधिकांशले सुझाव दिएका छन्।

बैठकमा आगामी जागरण अभियानबारे पनि छलफल हुने बताइएको छ। यसअघि मंगलबारको बैठकमा कांग्रेस महासमिति बैठकले गरेको निर्णय, सुदूरपश्चिम प्रदेशमा माओवादी भित्र देखिएको विवाद र राष्ट्रि यसभा अध्यक्ष सम्बन्धमा छलफल भएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.