add

गगन थापाले भने-अख्तियारले पोलेकादेखि सहकारी ठग्नेसम्मलाई संसद्‌बाट घर पठाउ






ActPro Nepal

|

१४ फागुन, २०८०

|
110

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले विगत केही दिनदेखि संसद्‌मा सत्तापक्ष र प्रतिपक्षमा बस्ने सांसदहरूले एकअर्को पक्षलाई दागी देखाउने दोहोरी चलिरहेको भन्दै संसद्लाई प्रभावकारी बनाउने उपाय सुझाएका छन्।

'यही पाराले त न संसद् राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायामा पर्ने भयो। अब यसो गर्न लगाऔँ', उनले सुझाव दिए, 'आसनको दायाँ बस्ने होस् कि, बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस्। अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको, झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔँ। अनि सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन। घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ।'

थापाले यति गर्न सकेदेखि उनीहरू निर्दोष भए फर्केर आउने र त्यतिबेला फूलमाला लगाएर स्वागत गरिने बताए। 'दोषी भए दण्ड बेहोर्नुहोला', उनको भनाइ छ।

संसद्लाई अलिअलि सफा गर्न सकेदेखि संसद्‌मा मिटरब्याजका बारेमा, दूध किसानले मूल्य नपाएको बारेमा, एनसेलको प्रतिवेदनको बारेमा जमेर सार्थक छलफल गर्न सकिने उनको भनाइ छ। थपे, 'होइन भने यताकाले (सत्ता पक्ष) उता (प्रतिपक्ष) देखाउने, उताकाले (प्रतिपक्ष) यता (सत्तापक्ष) देखाउने दोहोरी चलिराख्नेभयो।'


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.