काठमाडौं । कृषि विकास बैंक र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर बीच आपसी सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ।
सम्झौता अनुसार कृषि विकास बैंकका खातावाला ग्राहकहरुले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरको ओ.पि.डि. शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छुट पाउने छन् । यसका साथै उक्त सुविधा कृषि विकास बैंकका कर्मचारी तथा उनीहरुको परिवारले पनि प्राप्त गर्ने छन् ।
आपसी सेवा विस्तार सम्झौता पत्रमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र ॐ हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरेका छ्न । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङकोको पनि उपस्थिति रहेको थियो ।
यसका साथै बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरु कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारी सहभागित भएका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।