add

लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्बित






ActPro Nepal

|

१३ फागुन, २०८०

|
264

दाङ ।  लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको छ।

यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेकापछि उनी निलम्बनमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ। 

प्रदेशसभा सचिव दुलर्भकुमार पुनले सूचना जारी गरी यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतःनिलम्वनमा रहने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार निलम्बन गरिएको जानकारी दिए। 

उनीविरुद्ध सार्वजनिक सम्पत्ति (वन पैदावार) को हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्ने विषयमा यही फागुन ८ गते विशेष अदालतमा मुद्दा परेको हो। 

उनी कपिलवस्तु क्षेत्र नं ३ को २ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित यादव यसअघि उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री थिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.