add

रमेश महत भन्छन्- प्रतिस्पर्धी समयमा नेपाली कांग्रेस खरो रुपमा प्रस्तुत हुन आवश्यक छ






ActPro Nepal

|

१० फागुन, २०८०

|
219

काठमाडौ । ललितपुरको गोदावरीमा भएको नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिस्पर्धी समयमा नेपाली काँग्रस खरो रुपमा प्रस्तुत हुनुपर्ने विषय उठेको छ। 

नेपाली  कांग्रेस नुवाकोटका जिल्ला सभापति तथा बागमति प्रदेश सभाका सदस्य रमेश कुमार महतले प्रतिस्पर्र्धी समयमा नेपाली काँग्रस खरो रुपमा प्रस्तुत हुनुपर्ने बताए।

आजको राजनीति हिजोको समय भन्दा बढी प्रतिस्पर्धी छ ।  नयाँ नयाँ राजनीतिक दलहरु नेपाली राजनीतिमा छन । यस प्रतिस्पर्धी समयमा नेपाली काँग्रस खरो रुपमा प्रस्तुत हुन जरुरी छ ,’ उनले भने।

महतले नेपाली कांग्रेसले आफनो स्थापना काल देखी नै अंगिकार गरेको प्रजातान्त्रिक समाजवादको विक्षयमा प्रश्न प्रतिप्रश्न  गरिरहको अवस्था छ । यस सन्दर्भमा नेपाली काँग्रसको यस गरिमामय महासमतिको वैठकमा नेपाली कँग्रेसको आर्थिक प्रस्ताव आउनु पर्नेमा नआएको भन्दै ध्यानाकर्षण गराए।

नेपाली कांग्रेस महासमिति बैठकमा प्रस्तावित प्रस्ताव माथि सुझाव

समसामयिक विषयहरु र पर्टिभित्रको आन्तरिक विषयहरुलाई प्रस्तुत गरिएको नीति प्रस्ताव समसामयिक राजनैतिक प्रस्ताव, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा,र संगठनिक प्रस्ताव प्रस्तुत भईसकेको छ । यस सन्दर्भमा

महासमितिको बैठकमा प्रस्तुत गरिएको पस्ताव प्रस्ताव तयार गर्नु अगावै जिल्ला जिल्लामा सुझाउको लागि पठाईएको भए प्रस्तवहरु अझ प्रभावकारी हुने थियो । कतिपय विषयहरु नीति प्रस्तावमा आउनु पर्ने विषयहरु संगठनिक प्रस्तवमा छन् कतिपय संगठनिक विषयहरु नीति प्रस्तवमा छन् । प्रस्तवहरुलाई विषयगत वनाउन सकिएको छैन ।

नेपाली काग्रेसले आफनो स्थापनाकाल देखिनै अंगिकार गरेको प्रजातान्त्रिक समाजवादको विषयमा प्रश्न प्रतिप्रश्न गरिरहेको अवस्था छ । यस सन्दर्भमा नेपाली कांग्रेसको यस गरिमामय महासमितिको वैठकमा नेपाली कांग्रेसको आर्थिक प्रस्ताव आउनु पर्दथ्यो सो आउन सकेन ।

नीति प्रस्ताव सम्वन्धमा

नेपाली कांग्रेसको अवको दिशा स्पष्ट गर्नु पर्ने नेपाली काग्रेसको महासमितिको बैठकमा प्रस्तुत गरिएको नीति प्रस्तावको वढि हिस्सा नेपाली काग्रेसको इतिहासको विषयलाई वढि प्रथमिकता दिईएको छ । आजको युग प्रतिस्पर्धाको युग हो। आजको राजनीति हिजोको समय भन्दा वढि प्रतिस्पर्धि छ । नयां नयां राजनीतिक दलहरु नेपाली राजनीतिमा छन् । यस प्रस्तिपर्धी समयमा नेपाली काग्रेस खरो रुपमा प्रस्तुत हुन जरुरी छ। जसको लागि नेपाली कांग्रेसले पार्टिको आन्तरिक जीवनलाई सकृय गराउन आवस्यक छ। जसको लागि

१.पार्टिको आन्तरिक व्यवस्थापन गर्ने, आन्तरिक विवाद विमर्स पार्टि भित्र सिमित गर्ने र प्रतिस्पर्धा। प्रतिस्पर्धी राजनीतिक शक्ती संगमात्र गर्ने। आन्तरिक संघर्षलाई विचार विमर्श र आन्तरिक छलफलमा सिमित गर्ने ।

२.विधानको सहि कार्यान्वयन गर्ने ।

३. भातृ तथा सुभेच्छुक संस्थाहरुको समय समिमानै गठन र परिचालन गर्ने ।

४.उठेका राष्ट्रिय सवाल र मुद्धाहरुमा नेपाली कांग्रेसले अगुवाई गर्ने ।

५। नेपाली काग्रेसको प्राथमिकता प्रभावकारी संगठन परिचालन र मुलुकको आर्थिक विकासलाई प्रमुख प्रथमिकताका साथ कार्ययोजना तयार गरि कार्यान्वयन गर्ने ।

६. नेपाली काग्रेस पार्टि १०१५ साल देखि हाल सम्मको निर्वाचनमा नेपाली काग्रेसले पप्त गर्ने गरेको मत ३० देखि ३५ प्रतिसत सम्म देखिन्छ । अव नेपाली कांग्रेसले मतदान हुने कुल

मतको ५१ प्रतिसत भन्दा वढि मत प्राप्त गर्ने पार्टिको रुपमा स्थापित गर्न आवस्यक कार्ययोजना तयार गरि कार्यान्वयन गर्ने जसको कारण नेपाली कांग्रेस अन्य पार्टि गठवन्धन गरि निर्वाचनमा गए पनि काग्रेस एक्लै निर्वाचनमा जान सक्ने पार्टि बन्न सक्दछ र गठवन्धनमा जानेकि एक्लै निर्वाचनाम जने वहसको विषय अन्त्य हुनेछ । निर्वाचनमा गठवन्धन गर्ने प्रवित्ती अन्त्य गर्न संविधान संसोधन मार्फत राष्ट्रिय मान्यता प्राप्त दलहरुले निर्विचनमा सत प्रतिशत निर्वाचन क्षेत्रमा उमेदवार उठाउनु पर्ने सवैधानिक व्यवस्था गर्न राजनीतिकदलहरु विच राष्ट्रिय सहमति जुटाउन नेपाली कांग्रेसले अगुवाई गर्ने ।

नेपाली काग्रेसले अव

१ आर्थीक विकास पहिलो मुद्धा वनाईनु पर्ने ।

२ उत्पादन मुखी कृषिनीति लागु गर्ने ।

३.भ्रष्टाचार रहित सरकार र प्रसासन संचालन गर्ने ।

४. राजनितिक स्थिरता प्रत्याभुत गर्ने ।

५. पार्टि भित्र अनुसासन कायम गर्ने ।

६ नेपाली कांग्रेसको झझटिलो र कार्यान्वयन हुन नसक्ने वैधानिक व्यवस्था परिमार्जन गरि कार्यान्वयन हुन सक्ने विधान संसोधन गर्ने।

७. भातृ तथा सुभेच्छुक संस्थालाई पूर्ण रुपमा क्याशिल राख्ने ।

८.तिनै तहको सरकारले आमजनता माझ सुसासनको प्रत्याभुती हुने गरि प्रभावकारी कार्य गर्ने गराउने ।

संगठानिक प्रस्ताव सम्वन्धमा

१. पार्टिको मुल सांगठनिक सवाल ूमजवुत पार्टि संगठन निर्माण, मजवुत संगठन निर्माणको वलमा निर्वाचन परिणाम र निर्वाचन परिणको वलमा सरकार गठन र सरकारमा रहेर मुलुक निर्माण” पर्टिको सांगठनिक कार्ययोजना हुनु पर्दछ ।

२.भात् तथा सुभेच्छुक संस्थाहरुको प्रभावकारी परिचालन, समय सिमा भित्र अधिवेसन सम्पन्न गर्ने, समय सिमा भित्र अधिवेसन सम्पन्न गर्न नसकेमा सम्वन्धीत पार्टि जिल्ला कार्य समितिलाई अधिवेसन गर्ने जिम्मेवारी दिने ।

३.लामो समय सम्म कार्य समितिको वैठकमा उपस्थित नहुने र लामो समयको लागि विदेश गई वस्ने कार्य समितिको सदस्यको हकमा वैकल्पीक व्यवस्था गर्ने ।

४. क्याशिल सदस्यता वितरण गर्दा पुरानो कृयाशिल सदस्य संख्याको आधारमा नयां कृयाशिल सदस्य पठाउने गरिएको छ । ५०० कृयाशिल भएको स्थानमा ५०० र १०० क्याशिल भएकोठाउमा १०० मात्र पठाउदा कतै अधिक क्याशिल सदस्य हुने कतै अपुग हुने समस्या विद्यमान छ । कृयाशिल सदस्य वितरण र नविकरण सम्वन्धमा कार्यविधि बनाई जनसस्याको आधारमा सिमित गर्नु पर्ने ।

५. पर्टि भित्रको अनुसासन सम्वन्धी व्यवस्था प्रभावकारी नहुनाले पार्टि भित्र केन्द्र देखि तल्लो तह सम्म अनुसाशनहिन प्रवृत्ति वढ्दो छ । विशेष गरि निर्वाचनको समयमा यस प्रकारको प्रवृत्तिले निर्वाचन परिणमलाईनै प्रभाव पार्दै आएको छ । तसर्थ प्रभावकारी अनुसासन व्यवस्था कायम गर्न कार्यविधि तयार गरि लागु गर्ने र निर्वाचनको समयमा निर्वाचन अगाडिनै जुन तहको निर्वाचन हुने हो सोहि तहमा अनुसासन समिति गठन गर्ने। सो समितिले निर्वाचन अनुगमन गर्ने र पार्टि सदस्यवाट अनुसासन हिन काम भएको अवस्थामा कारवाहिको प्ररम्भिक कार्य गर्ने व्यवस्था गर्ने ।

६.संसदिय वोर्डमा निर्वाचनमा निर्वाचनको लागि उमेदवार आकांक्षिनै संसदिय वोर्ड वस्दा निक्ष्पक्ष निर्णय नहुने हुदा, निर्वाचनमा उमेदवार हुन चाहाने सदस्य संसदिय वोर्डको वैठकमा वस्न नपाउने व्ययस्था गर्ने ।

समसामयिक राजनैतिक प्रस्ताव सम्वन्धमा

१. नेपाली काग्रेसले राष्ट्रिय रुपमा उठेका जनसरोकारका विषयहरुलाई रोनीतिक नेतृत्व दिई अगुवाई गर्ने। गर्ने ।

२ देशको युवा जनशक्तिलाई स्वदेसमानै बसि रोजगार दिने व्यवस्था गर्ने, विदेश रोजगारको लागि जान चहाने युवाहरुलाई आवस्यक तालिम दिई दक्ष जनशक्ति मात्र वैदेशिक रोजारीको लागि जान सक्ने व्यवस्था गर्ने । वैदेशिक रोजगारमा रहेका जसले विप्रेषमा योगदान गर्नेहरूको परिवार हरुलाई विषेश विप्रेषण योगदान कार्डको व्यवस्था गरि सो परिवारको शिक्षा, स्वास्थ, यातायातको क्षेत्रमा विशेष सहुलियत प्रदान गर्ने व्यवस्था गर्ने गराउने ।

३.किशानले उत्पादन गरेका वस्तुहरुले वजार नपाउने र विदेशवाट आयात गरि उपभोग गर्नु पर्ने मुलुकको समस्यालाई किशानले उत्पालन गर्ने समयभन्दा अगावै सरकारले उत्पादनको समर्थन मुल्य तोक्ने र उत्पादनले वजार नपाएको अवस्थामा सरकारले खरिद र भण्डारणको व्यवस्था गर्ने गराउने ।

४.पार्टिको वडा तह देखि केन्द्रिय कार्यसमिति सम्म पदादिकारीपदमा कुनै एक पद महिला पद सुरक्षित गर्ने ।

५.संसदिय वोर्डमा निर्वाचनमा निर्वाचनको लागि उमेदवार आकाक्षिनै संसदिय वोर्ड वस्दा निस्पक्ष निर्णय नहुने हुदा, निर्वाचनमा उमेदवार हुन चाहाने सदस्य संसदिय वोर्डको वैठकमा वस्न नपाउने व्ययस्था गर्ने ।

धन्यवाद जय नेपाल ।

रमेशकुमार महत



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.