ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन् ।
ललिपुरको गोदावरिमा जारी महासमिति बैठकमा प्रस्ताव पेश गर्दै उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराहरूको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए ।
जिम्मेवार नेपाली कांग्रेस : समुुन्नत देश नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिए ।
उनले भने–“मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलीत समयन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भुमिका बिचार र नीति निर्णायक रहँदै आएको छ ।”
उनले भ्रष्टचार विरुद्ध शुन्य सहनशिलता अपनाउँदै आफ्ना हरेक गतिविधलाई पारदर्शी बनाउने अठोट गर्नुपर्ने प्रतिवेदन पेश गर्दै जानकारी दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।