add

सरकारले कार्बन व्यापारका लागि आवश्यक नीति बनाउनुपर्छ : सांसद भण्डारी






ActPro Nepal

|

६ फागुन, २०८०

|
171

काठमाडौ । कांग्रेस सांसद शंकर भण्डारीले कार्बन व्यापारका लागि आवश्यक नीति बनाउन सरकारलाई सुझाव दिएका छन्।

दोलखाली पत्रकार समाजको संयोजनमा काठमाडौंमा शनिवार आयोजित ‘नेपालमा हाईड्रोजन र कार्बन व्यापारीको चुनौती र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रमा उनले सुरक्षित कार्बन बजारका लागि नेपालले त्यसै अनुकुलको नीति, कानून र कार्यविधि बनाउने कुरामा ढिलाई गर्न नहुने बताए। पूर्ववनमन्त्री समेत रहेका उनले जलवायु परिवर्तनको नकारात्मक असर न्यूनीकरणका लागि सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

सांसद भण्डारीले भन्नुभयो, ‘सुरक्षित कार्बन बजारमा नेपालले सहभागी हुनेगरी नियम र कार्यविधि बनाउनुपर्ने वा संशोधन गर्नुपर्नेछ। नेपालले अन्तर्राष्ट्रिय स्तरमा हुने वार्ता र सम्मेलनहरुबाट समेत कार्बन व्यापारलाई उठाउनुपर्ने विशेष सन्दर्भ छ।

नेपाल सरकारले भर्खरै हाइड्रोजन नीति समेत स्वीकृत गरेको छ। यसले नेपाल आफैँ कार्बन उत्सर्जनको कारण नभए पनि जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभाव न्यूनीकरणमा लागि रहेको छ। सबैले लागि रहनुपर्छ।’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले कार्बन व्यापारबाट नेपालले प्रशस्त लाभ पाउने भएकाले त्यसमा काम गर्ने शैली र लगानीको आवश्यक व्यवस्था मिलाउने काममा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए। उनले वन विनाश रोक्ने र दिगो वन व्यवस्थापनको नीति लागू गर्दै अघि बढ्न सक्दा मात्रै नेपालले कार्बन व्यापारबाट प्रशस्त लाभ पाउन सक्ने अवस्था रहेको पनि बताए।

सांसद राणाले भने, ‘हामीले वन संरक्षण र व्यवस्थापनबाट प्राप्त हुने कार्बन लाभबाट पनि पछि पर्नसक्छौं। वास्तविक कार्बन उत्सर्जन कम गरी कार्बन भुक्तानी पाउने काम हालको काम गर्ने शैली र राज्यबाट हुने लगानीले पर्याप्त हुन सक्दैन। त्यसका लागि नेपाल सरकारले वन विनाश रोक्ने र दिगो वन व्यवस्थापन नीति लागू गर्ने राजनीतिक प्रतिवद्धता र लगानीको प्रतिवद्धता जनाउन आवश्यक हुन्छ। कार्बन व्यापारबाट नेपालले प्रशस्त आम्दानी गर्ने अवसर छ।’ सांसद जबराले दिगो वन व्यवस्थापनको काममा राजनीतिक दलले प्रतिवद्धता पनि आवश्यक रहेको बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.