add

सकियो ‘लन्डन टु पेरिस’ फिल्मको छायांकन






ActPro Nepal

|

४ फागुन, २०८०

|
505

काठमाडौंँ । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’को छायांकन सकिएको छ।

कोरोनालगत्तै छायांकनमा गएको फिल्मको प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो।

बाँकी छायांकन सकिएसँगै धमाधम मुम्बईमा सम्पादनको काम चलिरहेको निर्देशक घनश्याम लामिछानेले जानकारी दिए।

निर्देशक लामिछानेले दिएको जानकारी अनुसार एउटा गीतको आधा जति र केही दृश्य बाँकी रहेको थियो। आफ्नो छायाँकन सकेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्का मुम्बईबाट नेपाल फर्किसकेका छन्।

सिनेमाको अन्तिम संपादन सकिएपछि रिलिज डेट घोषणा गर्ने तयारी रहेको छ।

‘एक वर्षपछि सम्पूर्ण छायाँकन ढिलै गरी राम्रै भएकाले म पनि खुशी छु। कहिलेकाँहि सिनेमा ढिला हुँदा सिनेमा रोकिने नबन्ने गरेकोमा ढिला नै भएपनि हामीले सिनेमा पूरा गर्न सक्यौं। यसमा म खुशी छु’ लामिछानेले भने।

छिट्टै नै एउटा रोमान्टिक सिनेमाले दर्शकको मन जित्नेमा आशावादी भएको उनको भनाइ छ।

यसैगरी सिनेमाको पहिला खिचेको भागको डबिङ र कलर समेत भैसकेको छ भने मिक्सिङ तथा भिएफएक्सको काम अहिले खिचेको दृश्यको डबिङ सकिएपछि हुनेछ।

गरिमा शर्मा र कवीर खड्काको पनि मुख्य भूमिका रहेको ट्राभल लभस्टोरीको कथामा निर्माण हुन लागेको सिनेमाको सम्पूर्ण छायांकन बेलायतमा गरिएको छ। निश्चल र गरिमा यही सिनेमाबाट डेब्यू गर्दैछन्।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। सिनेमाको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह(निर्मातामा अजित सिंह छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.