add

शिक्षक सेवा आयोगले माग्याे ७७८ जना निमावि शिक्षक (सूचनासहित)






ActPro Nepal

|

२ फागुन, २०८०

|
208

काठमाडौं । शिक्षक सेवा आयोगले ७७८ निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको छ । निमावि तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

आयोगले नेपाली विषयका लागि ११७ शिक्षकको माग गरेको छ । त्यस्तै अंग्रेजीका लागि १७६, गणितका लागि १२८, विज्ञानका लागि १६३ जना, सामाजिक विषयका लागि १२२ जना, गणित–विज्ञानका लागि ६५ जना, शुल्क यजुर्वेद र कम्प्युटर विज्ञानका लागि १/१ जना र संस्कृत भाषाका लागि ५ जनाको विज्ञापन गरेको हो ।

इच्छुक उम्मेदवारहरूले आजदेखि चैत १ गतेसम्म अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुरमा चैत ८ गतेसम्म दरखास्त बुझाउन सकिनेछ ।

लिखित परीक्षा (सामान्य) को ८ बैशाख २०८१ मा हुनेछ । भने विषयगतको लिखित परीक्षा सामान्यको नतिजा प्रकाशित भएपछि हुनेछ । अन्तर्वार्ता लिखित परीक्षा (विषयत) को नतिजा प्रकाशित भएपछि तोकिने आयोगले जनाएको छ ।

परीक्षा केन्द्रको हकमा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा हुनेछ ।

आवेदकको संख्या बढी भएर उक्त जिल्लामा परीक्षा व्यवस्थापन गर्न नसकिने भएमा आयोगले निर्णय गरी अन्य जिल्लाहरूमा पनि परीक्षा केन्द्र तोक्न सकिने आयोगले जनाएको छ ।

आवेदनका लागि ७०० रूपैयाँ दस्तुर तोकिएको छ । भने समावेशी समूहका लागि थप ५०० रूपैयाँ शुल्क लाग्नेछ । निमाविको लागि आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा (कम्तिमा २०० पूर्णाङ्क वा ८ क्रेडिट आवर) उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको हुनुपर्नेछ ।

कुनै उम्मेदवारले २०० पूर्णाङ्कको शिक्षासम्बन्धी विषय लिई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा प्रवीणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालमि प्राप्त गरेको मानिने आयोगले जनाएको छ ।

सामाजिक अध्ययन विषयअन्तर्गत अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिकशास्त्र, राजनीतिकशास्त्र, दर्शनशास्त्र, नीतिशास्त्र, मनोविज्ञान मानवशास्त्र, वातवरण शिक्षा, स्वास्थ्य शिक्षा, शारीरिक शिक्षा, संस्कृति, समाजशास्त्र, जनसंख्या शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा विषयहरू पर्ने आयोगले जनाएको छ ।

गणित–विज्ञान विषयको हकमा गणित र विज्ञान दुवै विषयमा २००/२०० पूर्णाङ्क लिई कक्षा १२ पास गरेको हुनुपर्नेछ । निमावि तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको व्यक्ति हुनुपर्नेछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.