टिचिङको इमर्जेन्सीमा सीमित बिरामीको मात्रै उपचार हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ हस्पिटल) मा आजदेखि इमर्जेन्सीमा सीमित बिरामीको मात्रै उपचार हुने भएको छ।

इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गरिने त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालले सूचना जारी गर्दै तत्कालका लागि सीमित बिरामीको मात्र उपचार हुन सक्ने जनाएको छ।

‘माघ २९ देखि केही दिन यस अस्पतालको इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएको हुँदा सीमित साधन स्रोतबाट उपचार गर्नुपर्ने अवस्था छ,’ त्रिविले भनेको छ। अस्पतालले बिरामी पर्ने असुविधाप्रति क्षमासमेत मागेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।