add

सिटिजन्स बैंकद्वारा आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण






ActPro Nepal

|

२७ माघ, २०८०

|
95

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सामाजिक उत्तरदायित्व अन्तर्गत आमा घर, गोदावरीका बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ ।

आमा घर आफ्नो घर र परिवार गुमाएर जोखिममा रहेका घरबारविहीन बालबालिकालाई हेरचाह गर्ने संस्था हो । अभावमा रहेका बालबालिकालाई घर, उचित शिक्षा, स्वास्थ्य र हेरचाह प्रदान गर्न समर्पित आमा घरमा हाल ४६ जना बालबालिका आश्रित रहेका छन् ।

चिसो मौसमलाई मध्यनजर गर्दै बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा समेत मद्दत पुगोस भनेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । बैंकको यस कार्यबाट आमा घरका बालबालिका लाभान्वित भएका छन् ।

आमा घरमा आज आयोजित एक समारोहका बीच सहयोग स्वरुप न्यानो कपडा हस्तान्तरण गरिएको हो । समारोहमा आफू उपस्थित हुन नपाएता पनि बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले आफ्नो संस्थाले सहयोग स्वरूप न्यानो कपडा बालबालिकाहरुलाई दिन पाउँदा समाज प्रतिको उत्तरदायित्व बोध गरेको सन्देश व्यक्त गरे ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख १६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.