add

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो अहिलेसम्मकै न्यून ब्याजदरमा ‘मेरो घर कर्जा’ योजना






ActPro Nepal

|

२७ माघ, २०८०

|
95

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले मेरो घर कर्जा योजना ल्याएको छ । 

घर खरिद, घर निर्माण तथा जग्गा खरिद गर्नका लागि अधिकतम पाँच करोड रुपैंयासम्म दिइने मेरो घर कर्जाको ब्याजदर बेस रेटमा १.२० प्रतिशत प्रिमियम जोडिने बैंकले जनाएको छ । 

हाल बैंकको बेस रेट ८.२५ प्रतिशत रहेकोमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा ग्राहकाले मेरो घर कर्जा लिन सक्नेछन् । 

कर्जा प्रशोधन तथा सेवा शुल्क एक पटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्ने बैंकले जनाएको छ । सो कर्जा अधिकतम २० वर्षका लागि मासिक किस्ताबन्दीमा प्रदान गर्ने बैंकले जारी गरेको विज्ञेप्तीमा जनाइएको छ । 

यो कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिनेछ । हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २८६ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ७० वटा एक्सटेन्सन काउन्टर रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.