add

सुशासनको अभावमा विकास हुन सकेन : गृहमन्त्री






ActPro Nepal

|

२६ माघ, २०८०

|
260

महोत्तरी  ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभावमा मुलुकले विकासको गति लिन नसकेको बताएका छन्। 

महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशिला परिवारको २१औँ वार्षिकोत्सव समारोहको  बिहीबार  उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध  सरकार निर्मम तरिकाले प्रस्तुत भएको बताए । 

‘मुलुकको विकासको मुख्य बाधक भनेकै भ्रष्टाचार र कुशासनको जालो हो,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘यसविरुद्ध सरकारले काम थालेपछि जालीहरुका आँगनमा कोकोहोलो मच्चिएको छ । त्यसैले पछिल्ला केही दिनयता जाली तमसुकको लुट मच्चाउने अनुचित लाभ लिने ‘मिटरब्याजी’, सरकारी कार्यालयमा बिचौलिया बनेर कमाउ धन्दा चलाउनेलाई कारबाहीको दायरमा ल्याइन्छ ।’

आधारशिला श्रमजीवी जनताको आस्थाको केन्द्र भएको हुँदा यो ठाउँबाट सामाजिक फट्याइँ, धुर्त्याइँ र जालझेलविरुद्ध सम्झौताविहीन आन्दोलनको नेतृत्वको अपेक्षा सर्वसाधारणले राखेका उनले उल्लेख गरे।

‘सरकार मिटरब्याजी, भ्रष्टाचारी र कुशासनविरुद्ध परिणाममुखी काममा लागेको छ,’ आधारशिला परिवारका मुख्य संरक्षकसमेत रहेका श्रेष्ठले भने, ‘पछिल्लो पटक ठूला अनियमितताका ‘फाइल’ खोलिँदै गएपछि जालझेल गर्नेहरू सरकारका कामलाई निष्प्रभावी बनाउन उद्यत् छन् तर सरकारले भ्रष्टाचारविरुद्धको कामलाई परिणाममा पुर्‍याएर छाड्नेछ ।’

आधारशिलाको २१औँ वार्षिकोत्सव समारोहमा यस परिवारका संस्थापकमध्येका एक पूर्वमन्त्री गिरिराजमणि पोखरेलले सहभागीलाई स्वागत गरेका थिए । समारोह आधारशिला परिवारका अध्यक्ष दीपबहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न भएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.