काठमाडौं । नेपाली बजारमा सुनको भाउ तीन दिनको अवधिमा १५ सय रुपैयाँले घटेको छ । आइतबार ६०० रुपैयाँले घटेको सुनको भाउ सोमबार ४०० रुपैयाँले घटेको थियो । मंगलबार सुनको भाउ ५०० रुपैयाँले घटेको हो ।
मंगलबार छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुनको भाउ १ लाख १८ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २६ दशमलव ३९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ३७ डलरमा कारोबार भइरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।